१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १२ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार १२ मंगलबार ११:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रेस युनियन काठमाडौंको अध्यक्षमा महेश्वर गौतम निर्वाचित    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १२ मंगलबार ११:१९:oo

खुला उपाध्यक्षमा रोमन आचार्य र महिला उपाध्यक्षमा श्रद्धा कोइराला निर्विरोध निर्वाचित भए । सचिवमा सन्तोष अधिकारी विजयी भए ।

नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्ष पदमा महेश्वर गौतम निर्वाचित भएका छन् । युनियनको गएराति सम्पन्न मतगणनाअनुसार अर्का प्रत्याशी दिलीपप्रकाश कार्कीलाई पराजित गर्दै गौतम निर्वाचित भएका हुन् । गौतमले तीन सय १५ मत प्राप्त गर्दा कार्कीले एक सय २९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रदीप सत्यालले जानकारी दिए ।  

यस्तै, खुला उपाध्यक्षमा रोमन आचार्य र महिला उपाध्यक्षमा श्रद्धा कोइराला निर्विरोध निर्वाचित भए । सचिवमा भने सन्तोष अधिकारीले दुई सय ८५ मत ल्याएर विजयी हुँदा प्रत्याशी केशवप्रसाद पाण्डेले एक सय ५९ मत प्राप्त गरे। सहसचिवमा पूजा बगाले र कोषाध्यक्षमा प्रदीप कार्की (भेषराज) विजयी भए ।

यसैगरी, सदस्यमा प्रवीण भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्णबहादुर कार्की, भूपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी, सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे, राजु थापा, प्रसन्न मल्लिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान विजयी भएका छन् ।

यस्तै, मिन्साङ लामा, रमेश सेन्चुरी, विनिता क्षेत्री, मुना दाहाल, सिर्जना मिश्र, सकुन्तला रानामगर र कोसिना ढकाल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सत्यालले जानकारी दिए  ।

काठमाडौं शाखाको नवौँ जिल्ला अधिवेशनको आइतबार नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले उद्घाटन गरेका थिए । शाखाका कार्यवाहक अध्यक्ष अच्युत रेग्मीको संयोजकत्वमा नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।