मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० असार १२ मंगलबार ११:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आजको मौसम : काेसी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असार १२ मंगलबार ११:०३:००

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रही काेसी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार दिउँसो काेसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

काेसी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ । काेसी र मधेस प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।  

रातिको समयमा काेसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । काेसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।