१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १२ मंगलबार
  • Friday, 09 May, 2025
२o८o असार १२ मंगलबार १o:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

इलामको माङ्सेबुङमा आगलागी हुँदा सात घर जले, ५१ लाखभन्दा बढीको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १२ मंगलबार १o:२२:oo

इलामको माङ्सेबुङ गाउँपालिका- ५ मा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन्। आगलागीका कारण ५१ लाखभन्द बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

मंगलबार बिहान करिब साढे २ बजेबाट सुरु भएको आगलागीका कारण सात घर पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमख प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए।

आगलागीका कारण स्थानीय हर्कबहादुर चेम्जोङ, लोकहाङ लावती, नरहाङ लावती, मांगेमा सम्बाहाम्फे, अनु चेम्जोङ, पदमसिंह इवा र  चन्द्र राईको घर जलेको एसपी घिमिरेले बताए।

मंगलबार बिहान हर्कबहादुर चेम्जोङको घरमा विद्युत् सर्ट भई  आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरसहित नगद, सुनचाँदी, लत्ताकपडा, अन्नपात जल्दा ५१ लाखबराबरको क्षति भएको एसपी घिमिरेले जानकारी दिए । झन्डै तीन घन्टापछि स्थानीयले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए।