१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
राजधानीमा आइतबार आयोजित विशेष समारोहमा कविता संग्रह विमोचन गर्दै त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललगायत । ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २३:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

कलाकार केसीको ‘मौन आकाश’ विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २३:१२:oo

कलाकार राजेन्द्र केसी पहिलो कवितासंग्रह ‘मौन आकाश’ लिएर आएका छन् । लामो समयसम्म नेपाली चलचित्र क्षेत्रमा क्रियाशील केसी चलचित्र विकास बोर्डका पूर्वसदस्य पनि हुन् । 

नेपाल सांस्कृति संघका संस्थापक सदस्यसमेत रहेका केसी हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका उपाध्यक्ष हुन् । 

केसीको कवितासंग्रह ‘मौन आकाश’ को राजधानीमा आयोजित एक विशेष समारोहमा त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले विमोचन गरे । संग्रहमा ३८ वटा कविता समेटिएका छन् । 

प्रा.डा. लुइँटेलले पहिलो कवितासंग्रह भए पनि केसीमा कवित्व प्रखर रूपमा रहेको बताए । ‘केसीको यस संग्रहका कवितामा प्रेमभावको अभिव्यक्ति पाइन्छ । यसमा देशप्रेम, मानवीय प्रेमप्रणय, मातृप्रेम, प्रकृतिप्रेम रहेका छन्,’ उनले भने । 

प्रेम, सत्तासीनहरूका विकृति, संवेदनहीनता, किसानका दुर्दशा, कवि साहित्यकारका साथै तथाकथित समाजसेवी भनाउँदाप्रति व्यंग्य जस्ता विविध विषयवस्तुलाई कवितात्मक बान्कीमा केसीले लेखेको लुइँटेलले बताए ।

साहित्यकार युवराज नयाँघरेले ‘मौन आकाश’ मा कवि केसीले समय, शासन र समाजका सेरोफेरोलाई प्रतीकात्मक स्वर दिएको बताए । डा.रेणुका सोलुले प्रेम, प्रकृति, सद्भाव, शुभेच्छा, राष्ट्रियता, अस्तित्वबोध जस्ता भाव ‘मौन आकाश’ भित्र रहेका कवितामा प्रशस्तै पाइने उल्लेख गरिन् ।

कवि केसीले रुचिले आफ्नो क्षेत्र रंगकर्म रहे पनि कुनै दिन कविता लेख्छु भन्ने सोच भने राखेको बताए । फिल्म क्षेत्रमा क्रियाशील हुँदा पनि आफूले लेखेको संवाद पनि कवितात्मक होस् भन्ने राखेको उनको भनाइ छ । 

‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हो जसले मलाई कवि बन्न अभिप्रेरित गर्यो,’ केसीले भने, ‘धेरैअघिदेखि डायरीमा लेखेर राखेका साना साना कवितालाई एकीकृत गरी संग्रह निकालेको हुँ ।’ कवितासंग्रह ‘मौन आकाश’ को प्रकाशक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज रहेको छ । 

ad
ad