१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ७ बिहीबार
  • Friday, 05 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o असार ७ बिहीबार १३:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बाढीपहिरोबाट १३ जनाको मृत्यु, २६ अझै बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ७ बिहीबार १३:४६:oo

संसद्को दिगो विकास तथा सुशासन समितिको बैठकमा मुलुकका विभिन्न भूभागमा हालै आएको बाढीपहिरोबाट १३ जनाको मृत्यु हुनुका साथै २६ बेपत्ता रहेका र आठजना घाइते भएको जानकारी दिइएको छ। 

समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकमा गृह मन्त्रालयका निमित्त सचिव महादेव पन्थले हालैको बाढीपहिरोबाट भएको मानवीय क्षतिसम्बन्धी सो जानकारी गराएका हुन्। क्षतिको अन्य तथ्यांक आउन बाँकी रहेको उनले बताए। 

उनले बाढी, पहिरो, प्राकृतिक विपत्, राहत वितरण, जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत समसामयिक विषयमा जानकारी दिँदै उद्धारसहित राहत वितरण तथा जोखिम व्यवस्थापनतर्फ प्राथमिकतासाथ काम भइरहेको पनि स्पष्ट गरे। 

अघिल्लो आर्थिक वर्ष करिब रु एक अर्ब १५ करोडबराबरको क्षतिपूर्ति तथा राहत सहयोग प्रदान गरिएको उनले सो बैठकमा जानकारी दिए।  

प्राकृतिक प्रकोप र त्यसले पुर्‍याएको जनधनको क्षति, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनः लाभ तयारीलगायतका समसामयिक विषयमा जानकारी लिन बोलाएको समितिको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयकोतर्फबाट धारणा राख्ने कार्यक्रम छ।

ad
ad
ad
ad