Read Time : < 1 मिनेट
२o८१ बैशाख २२ शनिबार १४:४६:oo
सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज दिउँसो १ः५० बजे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका– ६ स्थित नाम्सी पुलमा सुक्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो।
पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्। अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। रासस