१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ५ मंगलबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार ५ मंगलबार २१:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार

उपप्राध्यापक चलाउनेलाई न्याय माग्दा पक्राउ परेकाहरू रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ५ मंगलबार २१:२५:oo

त्रिभुवन विश्वविद्यालयमा कार्यरत समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक हमला गर्नेलाई सरकारले माफी दिएको विरोधमा बृहत् नागरिक आन्दोलनले राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले ६ जनालाई पक्राउ गरी साँझ रिहा गरेको छ ।

विश्वविद्यालयलाई हिंसारहित बनाउन र उपप्राध्यापक चलाउनेलाई न्याय दिलाउन जिल्ला अदालत परिसरअगाडि प्रदर्शनमा उत्रिएका कृतु भण्डारी, धनेज थापा, डा. सचिन घिमिरे, रविना श्रेष्ठ, यादव सिंह र नवीन कोइरालालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई केही समय नियन्त्रणमा राखेर प्रहरीले रिहा गरेको हो । 

न्याय हराए कहाँ जाने ? कानुनी राज्य कायम गर, मुद्दा फिर्ता लिने निर्णय फिर्ता गर, प्रेम चलाउनेलाई न्याय देलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरू प्रदर्शनमा उभिएका थिए ।

अदालतमा विचाराधीन मुद्दामा मन्त्रिपरिषद्ले उन्मुक्ति दिएपछि विरोध प्रदर्शनमा उत्रिएको भण्डारीले बताइन् । चलाउनेले न्याय नपाएसम्म विरोध प्रदर्शन जारी राख्ने उनले बताइन् । शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरेको भण्डारीको आरोप छ ।

ad
ad
ad
ad