मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार ५ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असार ५ मंगलबार १७:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले बैंक ब्याजदर तत्काल घटाउनुपर्छ : मेटमणि चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ५ मंगलबार १७:४७:oo

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन्। मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंकको ब्याजदर तत्काल घटाउनुपर्ने उनको तर्क छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले बैंक ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री गम्भीर नभए मुलुकको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने दाबी गरे।

‘हामीसँग निक्षेप बढेको छ भन्ने कुरा गरिरहेका छौँ। तर, कर्जा प्रवाह कम भइरहेको छ। यसको एउटा कारण लगानीको वातावरण बन्न सकेको छैन। र, दोस्रो हामीले थोरै ब्याजदर बनाउन सकिरहेका छैनौँ। यसमा माननीय अर्थमन्त्रीज्यू तपाईं सिरिएस हुनुस्। यदि तपाईंले बैंक ब्याजदर घटाउन सक्नुभएन भने नेपालको फाइनान्सियल सेक्टरलाई हराभरा बनाउँनै सक्नुहुन्न। त्यसैले बैंक ब्याजदर घटाउनुस्,’ चौधरीले भने।

उनले युवाहरूलाई दक्ष बनाएर मात्रै वैदेशिक रोजगारमा पठाउन पनि सरकारको ध्यानाकर्षण गराए।