१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ४ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ४ सोमबार १७:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हुन्डाईले ल्यायाे ९.९९ प्रतिशत ब्याजदरमै विद्युतीय गाडीकाे योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ४ सोमबार १७:o५:oo

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन KONA र  IONIQ  5 को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ ।

दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुन्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरी यस्तो योजना ल्याएको हो। यस योजनाअन्तर्गत इच्छुक खरिदकर्ताहरूले ९.९९ प्रतिशत ब्याजदरमा (पहिलो वर्षका लागि) हुन्डाई KONA र IONIQ  5 खरिद गर्न सक्नेछन्। बैंकको तीन सय एकवटै शाखाबाट छिटो, छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुनेछ।

विद्युतीय सवारीसाधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ हुन्डाई KONA र IONIQ  5 लक्षित गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ।

हुन्डाई KONA तीनवटा भेरियन्टमा उपलब्ध छ। KONA NS को मूल्य रु. ६० लाख ९६  हजार, GL काे मूल्य ६१ लाख ९६ हजार र GLS भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रहेको छ । साथै, IONIQ 5 GLS भिजन रूफ भेरियन्ट एक कराेड २९ लाख ६ हजार मूल्यमा उपलब्ध छ। 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ साेरुम तथा १९ सर्भिस सेन्टरहरूमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। साथै इभी चार्जिङ गर्नका लागि ४० भन्दा बढी स्थानमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिँदै आएको छ।