१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली

चकलेटले दिन्छ इनर्जी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५८:oo

चकलेटका धेरै फाइदा छन् । यसले इनर्जी दिन्छ । तर, चिनीबाट बनेको चकलेट भने स्वास्थ्यका लागि राम्रो मानिदैन । कोकोआ प्लान्टबाट बनेका डार्क चकलेट राम्रा हुन्छन् । केक बनाउँदा पनि यसको प्रयोग गर्ने गरिन्छ । 

चकलेटले मुड राम्रो बनाउन बनाउँछ । यसमा एन्टिअक्सिडेन्टस् प्रचुर मात्रामा पाइन्छ । जसले तनाव घटाउन मद्दत गर्छ । थोरै मात्रामा डार्क चकलेट खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ । 

चकलेटमा रहेको फ्लाभानोल्सले मस्तिष्कमा रक्तप्रवाह बढाउँछ र स्मरणशक्ति राम्रो बनाउन सहयोग गर्छ । डार्क चकलेटलाई पोषणको उच्च स्रोत पनि मानिन्छ । यसमा आइरन, म्याग्नेसियम, कपरजस्ता मिनिरल्स हुन्छन् । केही मात्रामा फाइबर र भिटामिन पनि हुन्छ । 

ठिक्क मात्रामा चकलेटको सेवन राम्रो मानिए पनि अधिक चलेट खाँदा बेफाइदा हुन्छ । विशेषगरी, धेरै चिनी र फ्याट भएका चकलेटले स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ । 

ad
ad