मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ४ सोमबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार ४ सोमबार o८:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

देशभित्र विद्युत् कटौती गरी निर्यात गरेका छैनौँ : विद्युत् प्राधिकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ४ सोमबार o८:o५:oo

 नेपाल विद्युत् प्राधिकरणले देशभित्र विद्युत् आपूर्ति कटौती गरी भारततर्फ निर्यात नगरेको प्रस्ट पारेको छ । प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार पत्रकार सम्मेलन गर्दै केही दिन प्रणालीमा प्राविधिक गडबडी हुँदा देशको मध्य र पश्चिम क्षेत्रमा विद्युत् आपूर्तिमा केही समस्या भएको र अहिले समाधान भइसकेको बताए । 

‘देशभित्र विद्युत् कटौती गरी निर्यात गरेको चर्चा हुने गरेको सत्य होइन, देशभित्र उत्पादित विद्युत् यहाँ पुग्नेजति खपत गरी बढी भएको मात्र निर्यात गर्ने हो, खपत र निर्यात सँगसँगै जान्छ, खपत गरी बढी भएको विद्युत् निर्यातमार्फत बिक्री गरेनौँ भने प्राधिकरणलाई करोडौँ रुपैयाँ घाटा हुन्छ,’ उनले भने, ‘केही दिन प्रणालीमा गडबडी भएको सत्य हो, दिनमा ११ पल्टसम्म ट्रिपिङ भएको देखिन्छ, फल्ट पत्ता लगाएर अहिले सुधार गरिसकेका छौँ, प्रणाली नै गएपछि विद्युत् निर्यात पनि हुँदैन ।’

प्रसारण तथा वितरण प्रणालीको क्षमताले नधान्दा वीरगन्ज औद्योगिक करिडोर र बाँकेको कोहलपुर क्षेत्रका उद्योगहरूमा साँझको पिक समयमा विद्युत् आपूर्तिमा केही समस्या रहेको उल्लेख गर्दै घिसिङले विद्युत् कटौती  गरेर निर्यात नगरिएको बताए ।

पछिल्लो समय गर्मीका कारण विद्युत्को माग ह्वात्तै बढेको छ । तर, त्यसले गर्दा सबस्टेसन, प्रसारण लाइन, वितरण लाइनमा ओभर लोड भएको छ । त्यसरी प्रसारण तथा वितरण प्रणालीको सिस्टमले धान्न नसक्दा विद्युत् जाने समस्या देखिएको उनको भनाइ छ । हाल उक्त समस्या समाधान भइसकेको पनि उनले बताए ।