१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारतले नेपाली भूमि अनधिकृत नापजाँच गर्दा सुरक्षाकर्मीले सुइँको पाएनन् : सांसद अर्याल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:४५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोरप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कञ्चनपुरस्थित भुजेला, गड्डाचौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले असार १ गते भारतीय प्राविधिकहरूको टोलीले एकतर्फी रूपमा नेपालको जमिन नापजाँच गर्दा पनि नेपाली सुरक्षाकर्मी सुइँकोसमेत नपाएको भन्दै आपत्ति जनाए। नेपालको भूमि भारतीय पक्षले एकतर्फी रूपमा नापजाँच गर्ने काम सामान्य र स्वाभाविक नभएको उल्लेख गर्दै सांसद अर्यालले त्यसबारे तथ्य पत्ता लगाउन नेपाल सरकारले ढिलाइ गर्न नहुनेमा जोड दिए।

‘सर्भेका सामानसहित आएका ती (भारतीय) प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुइँकोसमेत पाएनन् । के उनीहरूलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ? सम्माननीय सभामुखमार्फत म सरकारलाई प्रश्न सोध्न चाहन्छु । बरु सुरक्षाकर्मीभन्दा त्यहाँका स्थानीय धेरै जागरुक र सचेत देखिए सभामुख महोदय । उनीहरूले गलत काम भइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए,’ उनले भने।

सांसद अर्यालले सीमा क्षेत्रमा खटाइएका सुरक्षाकर्मीलाई उचित परिचालन गर्न पनि सरकारलाई सचेत गराए।

ad
ad