नेपाल ‘ग्लोबल हेल्थ नेटवर्क’मा आबद्ध भएको छ। बेलायतको अक्सफोर्ड युनिभर्सिटीले सुरु गरेको ‘ग्लोबल हेल्थ नेटवर्क’मा नेपाल आबद्ध भएको हो।
नेपाललाई कन्ट्री हब बनाउने उद्देश्यअनुसार एसियामा नेपाल सेन्टरको स्थापना गरिएको हो। स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्नुका साथै अनुसन्धानको क्षमता अभिवृद्धि गर्ने विषयमा यो सेन्टर केन्द्रित रहने बताइएको छ।
कार्यक्रमपछि सेन्टरका फाउन्डर डा. महेश मास्केले ग्लोबल हेल्थ नेटवर्कसँग जोडिँदा नेपालको प्राविधिक तथा प्राज्ञिक पहुँच बढ्ने बताए। ‘कुनै वेला अक्सफोर्ड युनिभर्सिटीको डेटा साइन्टिस्टसँग हामीले अप्ठ्यारो पर्यो या बुझेनौँ भनेर कुरा गर्नुपर्ला, त्यहाँ मद्दत पाइने भयो । पहिले हामी मात्रै हुन्थ्यौँ, अब कोल्याबरेटिङ पार्टनर्स पाउन सजिलो हुन्छ,’ उनले भने।
यो नेटवर्कले गर्ने रिसर्चहरूमा ‘मेडिकल’ र ‘ननमेडिकल’ दुवै क्षेत्रका विद्यार्थी तथा प्रोफेसरहरू आबद्ध हुन सक्ने डा. मास्केले जानकारी दिए। ‘तीन खाले व्यक्तिहरूजस्तै पेसागत रूपमा सम्बन्ध राख्ने, रिसर्चहरूमा सुपरभाइज गर्ने र अर्को चाहिँ अलि तलको भर्खरै ग्राजुयट विद्यार्थीहरू,’ उनले भने, ‘समाजका हेल्थ वर्कर्सहरू र अर्को चाहिँ इन्टरमेडियट लेभलको हुन्छ। जो उनीहरूभन्दा अलिक सिनियर, केही योङ र इनर्जेटिक हुन्छन्।
यस सेन्टरले सरकारको मातहतमै रहेर काम गर्छ र सरकारले कार्यान्वयनमा ल्याउन नसकेका स्वास्थ्यसम्बन्धी कुराहरूलाई कार्यान्वयनमा ल्याउन थप भूमिका खेल्ने बताइएको छ।