Skip This
थुनामा जाँदाजाँदै खाणले भने– ल है सबै साथीहरू म लागेँ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १ शुक्रबार
  • Friday, 26 July, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८o असार १ शुक्रबार १९:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थुनामा जाँदाजाँदै खाणले भने– ल है सबै साथीहरू म लागेँ 

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १ शुक्रबार १९:४o:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले अब न्याय पाउने प्रतिक्रिया दिएका छन् । 

जिल्ला अदालतको आदेशपछि सुरक्षाकर्मीले अदालतपरिसरबाट लैजान लाग्दा खाणले आफू यस घटनामा संलग्न नरहेको र अब न्याय पाउने प्रतिक्रिया दिएका हुन् । 

उनले भने, ‘ल है साथीहरू, म लागेँ । म यो घटनामा संलग्न छैन । अब न्याय पाउनेछु ।’ उनको अभिव्यक्तिले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै उनी चाँडै उच्च अदालत जाने संकेत गरेको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आजै आदेश भएको हो ।