१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १९:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतीय चलचित्रलाई बालेनको अल्टिमेटम, तथ्य नसच्याए चल्न नदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:४६:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले महानगरको कार्यक्षेत्रभित्र भारतीय चलचित्र प्रदर्शनका लागि तीनदिने अल्टिमेटम दिएका छन्।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ शब्द नसच्याएसम्म कुनै पनि भारतीय चलचित्रलाई काठमाडौं महानगरभित्र प्रदर्शन गर्न नदिने निर्णय बालेनले गरेका छन्। 

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइनेछैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले चलचित्रबाट संवाद सच्याउनका लागि तीन दिनको समय दिइएको जनाएका छन्। 

ad
ad