१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जलवायु आपतकाल ढोकैमा आइसक्यो : सांसद गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४१:oo

प्रतिनिधिसभा सदस्य सोविता गौतमले देशमा जलवायु आपतकाल आउन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अकल्पनीय कठिनाइ आउने निश्चित देखिएको बताइन्।

देशैभर अत्यधिक गर्मी बढेको र तापक्रमका रेकर्डहरू तोडिएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको भयावह स्थिति आउन नदिन सरकार जिम्म्मेवार बन्नुपर्नेमा जोड दिइन्।

‘देशैभर अत्यधिक गर्मी बढेको छ। तापक्रमका पुराना सीमा रेकर्डहरू तोडिएर नयाँ रेकर्डहरू कायम हुँदै छन्। आज गर्मी र लुको कहर छ। बाढी र पहिरोको वितण्डा पनि सुरु हुने क्रममा छ। हिमालहरू नांगिसके, हिमतालहरू फुट्ने जोखिममा छन् । जलाधार र सिमसार क्षेत्रहरू मासिँदै गएका छन्। डाँडापाखासमेत कंक्रिटका जंगलले भरिएका छन्। जमिनहरू खडेरीले सुक्खा भएका छन्। जसले गर्दा खेती प्रणालीमा प्रत्यक्ष प्रभाव परी देशका आधाभन्दा बढी जिल्ला खाद्यान्न न्यूनतामा रहेका छन्। जलवायु आपतकाल हाम्रो ढोकैमा आइपुगेको छ। अब ढोका थुन्छु भनेर थुन्न सकिने अवस्था छैन,’ सांसद गौतमले भनिन्।

ad
ad