१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २१:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गर्मी छल्न पौडी खेल्दा डुबेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २१:१६:oo

अत्यधिक गर्मी बढेपछि खेलामा नुहाउन गएका एक बालकको डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा मध्यविन्दु १० टाँडीका विमलसिंह खान्गाका १३ वर्षीय छोरा महेश छन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार आज अपराह्न मध्यविन्दु नगरपालिका १० अरुण खोलाको पुलमुनि पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको हो । 

अपराह्न पाँच बजेतिर पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकलाई १० मिनेटभित्र स्थानीय र प्रहरीले उद्धार गरेर मध्यविन्दु जिल्ला अस्पताल पुर्याएका थिए । साँझ ६ बजेतिर उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ad
ad