१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सामाजिक सञ्जालमा ह्याकरबाट कसरी जोगिने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:१४:oo

फेसबुकमा प्राइभेट मेसेज गरेर एकपटक प्रयोग गर्ने पासवर्ड (ओटिपी) कसैले माग्यो भने नदिनुहोला । विभिन्न मोबाइल वालेट एपको अफिसबाट फोन गरेको भन्दै ओटिपी मागेर वालेट ह्याक गरी पैसा लैजाने क्रम अहिले बढिरहेको छ ।

अहिले प्रोफाइल ह्याक गरी समस्यामा छु भनी क्युआर दिएर कुनै खातामा पैसा हाल्न लगाउने चलन बढेको छ । कुनै परिचित आइडीबाट यसरी पैसा मागेमा सम्बन्धित व्यक्तिलाई फोन गरी कन्फर्म गरेर मात्र अगाडि बढ्नुहोला ।

सबैमाझ लोकप्रिय ह्वाट्स एपमा कुनै नचिनेकी युवतीले भिडियो कल गरी अश्लील व्यवहार देखाउने र त्यसलाई भिडियो रेकर्ड गरी ब्ल्याकमेल गरेर लाखौँ पैसा तिर्नुपर्नेलगायत समस्या सार्वजनिक भएका छन् । अपरिचित हरेक कलमा सचेत रहनुहोला ।

तपाईंसँग सधैँ बोलिरहने मान्छेको फरक स्वभावको, फरक तरिकाको म्यासेज आएमा शंका गर्नुहोला, त्यो प्रोफाइल ह्याक भइसकेको हुन सक्छ । ह्याक भएको कुरा वास्तविक प्रयोगकर्तालाई थाहै नहुन पनि सक्छ ।

फेसबुक पेजमा विज्ञापन दिन्छु भन्दै वा अन्य कुनै प्रलोभन देखाएर इमेल तथा अन्य कतै लिंक आउन सक्छ, त्यसलाई क्लिक नगर्नुहोला । त्यो लिंक क्लिक गर्नुभयो भने तपाईंको पेज सधैँका लागि गुम्ने अवस्था रहन्छ । यस्ता कुरा नपत्याउनुहोस् ।

फेसबुक प्रोफाइललाई भेरिफाइड गर्दिन्छौँ, यो सामान प्रयोग गर्नुभयो भने भुँडी घटाउन सकिन्छ जस्ता किसिमको विज्ञापन अहिले फेसबुक वालमा देख्न सकिन्छ । यस्ता लिंकलाई क्लिक गर्नुभयो भने युजरनेम, पासवर्ड माग्ने र हाल्नेबित्तिकै ह्याक भइहाल्ने हुन सक्छ । सावधान रहनुहोला ।

तपाईंको फेसबुकमा अन्य कुनै ठाउँबाट लगइन भएको नोटिफिकेसन आयो भने तत्काल पासवर्ड परिवर्तन गर्नुहोला । आफ्नो आइडीको टु–फ्याक्टर अथेन्टिकेसन अन गर्नुहोला ।

यति गर्दागर्दै पनि सोसल मिडियामा समस्या आएमा नेपाल प्रहरीको साइबर ब्युरोमा सम्पर्क गर्नुहोला । 
 

ad
ad