१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २९ सोमबार
  • Friday, 09 May, 2025
२o८o जेठ २९ सोमबार २२:o८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

टर्कीमा ११०० वर्ष पुरानो हिब्रु बाइबल बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २९ सोमबार २२:o८:oo

टर्कीको लिंगमेरी सेनाले ऐतिहासिक कलाकृतिहरूको अवैध व्यापारलाई रोक्नको लागि गरेको कारबाहीमा हिब्रु बाइबलको पुरानो प्रति बरामद गरेको छ । 

इस्तानबुल प्रान्तीय कमान्डद्वारा सोमबार जारी गरिएको विज्ञप्तिअनुसार ११०० वर्ष पुरानो उक्त बाइबल बरामद गरिएको हो । पाँच लाख अमेरिकी डलरमा उक्त ऐतिहासिक ग्रन्थको किनबेच हुन लागेको सूचनाका आधारमा खोजी गर्दा चारजना संदिग्ध व्यक्तिहरू कारबाहीमा परेका छन् ।

उक्त बरामद हिब्रु बाइबल थप अनुसन्धानका लागि टर्कीको पाण्डुलिपि संस्थानमा पठाइएको छ । छापा मार्ने क्रममा सेनाले रोमन र बाइजान्टिन कालका १०१ वर्ष पुराना सिक्का पनि बरामद गरेको छ । ती वस्तु इस्तानबुल पुरातत्व संग्रहालयमा पठाइएको छ । रासस