Skip This
सर्लाहीमा सर्पको टोकाइबाट बालकको ज्यान गयो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २८ शुक्रबार १२:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्लाहीमा सर्पको टोकाइबाट बालकको ज्यान गयो

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १२:३३:oo

सर्लाहीको बागमतीमा विषालु सर्पको डसाइबाट एक बालकको ज्यान गएको छ। आइतबार राति बागमती नगरपालिका– १२ स्थित रेल्वे लिकनजिकै बस्ने कुमार विश्वकर्माको ४ वर्षका छोरा सलिन विश्वकर्माको ज्यान गएको हो।

बालकलाई घरमा सुतिरहेको अवस्थामा करिब १० बजेको समयमा सर्पले डसेको थियो। त्यसको चार घन्टापछि मात्र आफन्तले थाहा पाएका थिए। 

लगत्तै लालबन्दी नगरपालिकास्थित सर्पदंश उपचार केन्द्र पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। राति अबेर बालक दुखाइले छटपटाएपछि मात्र परिवारले बालकलाई सर्पले टोकेको आशंका गरेका थिए।

बालकलाई समयमै अस्पताल ल्याउन नसकेका कारण उनको ज्यान गएको उपचार केन्द्रका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए। बालकका बुबा कुमार वैदेशिक रोजगारीमा छन्। आमा घरबाहिर रहेकाले बालक केही समयदेखि सानीआमासँग बस्दै आएका थिए।

स्थानीयले बिहान बालक सुतेको कोठामा गोमन सर्प फेला परेर मारेका छन्। बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ। 

पछिल्लो समय अत्यधिक बढेको गर्मीसँगै सर्पले डसेका बिमारीको संख्यासमेत वृद्धि हुँदै गएको छ। दैनिक दर्जनभन्दा बढी सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका नवलपुरस्थित सर्पदंश उपचार केन्द्रका अध्यक्ष पौडेलले जानकारी दिए। 
 

ad
ad