मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १३ शनिबार
  • Saturday, 30 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २६ शुक्रबार १८:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री दाहाल सत्ता टिकाउने खेलमा मात्रै लागेको एमाले सचेतक बर्तौलाको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २६ शुक्रबार १८:३९:००

प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन्।

प्रधानमन्त्री दाहाल देशको हित नभई विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा लागिपरेको उनको जिकिर थियो। शुक्रबार संघीय संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचेतक बर्तौलाले प्रधानमन्त्री दाहाल भारत भ्रमणमा समेत देशको हितको पक्षमा उभिन नसकेको दोहोर्‍याए।

‘आज प्रधानमन्त्रीको ध्यान पनि जनताको विषयमा होइन, देशको विषयमा होइन, देशको हितमा होइन । विदेशी प्रभुहरू रिझाउने, सत्ता टिकाउने अनि व्यक्तिव्यक्तिका पछिपछि लागेर हिँड्ने, तर देशको पक्षमा काम नगर्ने प्रवृत्ति सरकारमा छ,’ उनले भने।