Skip This
विद्युतीय सवारीसाधनको कर घटाउन सांसद लिङ्देनको माग
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Tuesday, 16 September, 2025
रासस काठमाडौं
२o८o जेठ २५ बिहीबार १३:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युतीय सवारीसाधनको कर घटाउन सांसद लिङ्देनको माग

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १३:४८:oo

राप्रपा सांसद राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावबारे सोच्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष ०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै लिङ्देनले बजेट अनुदान र ऋणमा आधारित रहेको बताए। यस्तो बजेटले जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न नसक्ने उनले जिकिर गरे।

लिङ्देनले विद्युतीय सवारीसाधनमा कर घटाउनुपर्ने बताउँदै यसबारेमा बजेटमा सुधार गर्नुपर्ने स्थान रहेको औँल्याए। उनले ठूला विद्युत् आयोजना बनाउने जिम्मा विदेशीलाई दिनुभन्दा स्वदेशी लगानीमा निर्माण गर्न सरकारलाई सुझाव दिए।