१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २३ मंगलबार
  • Friday, 09 May, 2025
२o८o जेठ २३ मंगलबार १६:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोदाममा सञ्चालित मिठाई पसलमा महानगर प्रहरीले लगायो ताला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २३ मंगलबार १६:२o:oo

काठमाडौं महानगरपालिकाले गोदाममा सञ्चालित मिठाई पसलमा ताला लगाएको छ। नगर प्रहरी बलले काठमाडौं महानगर–२७ भोटाहिटीमा रहेको आरके मिठाई पसलमा ताला लगाएको हो।

नक्सामा गोदाम भनी राखिएको उक्त स्थानमा मिठाई पसल सञ्चालन गरिएकाले महानगरले ताला लगाएको हो। केही दिन पहिले पनि नगर प्रहरीले बन्द गराएको थियो। तर, पसलधनीले अटेरी गरी पुनः सञ्चालन गरेको पाइएपछि जनप्रतिनिधिको रोहबरमा नगर प्रहरीले पुनः ताला लगाएको हो।