मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका विराटनगर
२०८० जेठ २३ मंगलबार ०८:०३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सर्वोच्चको आदेश फुकुवाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०८० जेठ २३ मंगलबार ०८:०३:००

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि विराटनगरमा प्रदर्शन हुन थालेका छन् । प्रमाणीकरण भइसकेको नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेश चाँडो फुकुवा गर्नुपर्ने माग गर्दै युवाहरूले निरन्तर प्रदर्शन थालेका हुन् । 

बाबुआमाले जन्मसिद्ध नागरिकता पाएको, तर अझसम्म छोराछोरीले नागरिकता नपाएका मधेसी र सीमान्तकृत समुदायका आक्रोशित युवाहरूले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक कार्यान्वयनमा सर्वोच्चले रोक लगाएर अधिकार हनन गरेको भन्दै प्रदर्शन चर्काएका हुन् । युवाहरूले आइतबार विराटनगरमा मसाल जुलुस प्रदर्शन गरेका थिए ।

सोमबार उनीहरूले जिल्ला प्रशासन घेराउ गर्दै नाराजुलुससहित घन्टौँ प्रदर्शन गरे । सर्वोच्चले नागरिकता कार्यान्वयनमा लगाएको बाधा फुकुवा नभएसम्म निरन्तर आन्दोलन गरिरहने युवाहरूले चेतावनी दिएका छन् । प्रमाणीकरण भइसकेको विधेयक कार्यान्वयन गराएर पहिचान कायम गराउनुपर्ने, पठनपाठन, रोजगारी र सम्पत्तिको हक प्रदान गर्नुपर्ने संघर्ष समितिका मोरङ अध्यक्ष अजय पोद्दारले बताए ।