मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २२ सोमबार
  • Friday, 14 August, 2026
२o८o जेठ २२ सोमबार १७:३६:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

कोभिडअघिकाे लयमा फर्कियाे हवाई उद्योग, खुद नाफा ९.८ अर्ब अमेरिकी डलर पुग्ने अनुमान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २२ सोमबार १७:३६:oo

विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटिए) ले गरेको छ। 

यो सेवा संख्या सन् २०१९ को रेकर्डनजिक पुगेको छ। कोभिड महामारीबाट विश्व समुदाय विस्तारै सामान्य अवस्थामा फर्किएको र यसको लाभ विश्वभरिका उडान सेवाले लिने आइएटिएले सोमबार बताएको हो।

आइटिएका अनुसार सन् २०२३ मा खुद मुनाफा ९.८ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ वा अघिल्लो अनुमानको दोब्बर हुनेछ। विश्व समुदायसँगै कोभिडबाट बढी प्रभावित मुलुकमध्येको एक राष्ट्र चीनले पनि कोभिड प्रतिबन्धको अन्त्य गरेपछि खुद मुनाफा अनुमानभन्दा बढी अर्थात् दोब्बर पुग्ने प्रक्षेपण गरिएको हो। 

संगठनका अनुसार सन् २०२२ मा ३.६ अर्ब अमेरिकी डलरबराबरको नोक्सानी अनुमान गरिएकोभन्दा आधा कम नोक्सान भएको थियो। ‘सन् २०२३ मा एयरलाइन्सको वित्तीय प्रदर्शनले अपेक्षालाई पराजित गरिरहेको छ,’ आइएटिसका महानिर्देशक विली वाल्सले इस्तानबुलमा संगठनको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै भने।  

‘बलियो लाभप्रदता धेरै सकारात्मक विकासहरूद्वारा समर्थित छ। चीनले अनुमान गरेभन्दा पहिले यस वर्षको सुरुमा कोभिड–१९ प्रतिबन्ध हटाएको थियो,’ वाल्सले भने। 

हवाई इन्धनको मूल्य उच्च रहे पनि वर्षको पहिलो ६ महिनामा भने यो मूल्यमा कमी आएको उनले बताए। फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण ऊर्जाको लागत बढेको थियो, तर त्यसयता तेल र प्राकृतिक ग्यासको मूल्यमा गिरावट आएको छ।

महामारीले वायुसेवा उद्योगलाई तहसनहस पारेको र सन् २०२० मा देशहरूले लकडाउन लागू गर्दा र सीमाहरू बन्द गर्दा १३७ अर्ब डलर गुमाएको थियो।

यस क्षेत्रले सन् २०२१ मा थप ४२ अर्ब डलर गुमाएको थियो र गत वर्ष पनि रातो अवस्थामा थियो किनकि एक प्रमुख बजार चीनले कोभिड प्रतिबन्धहरूलाई जारी राख्ने अनुमान गरिएको थियो तर अन्ततः डिसेम्बरमा चीनले पनि कोभिडजन्य सबै प्रतिबन्ध हटाएको थियो।