Skip This
एयरपोर्ट क्षेत्रको अव्यवस्थित पार्किङ हट्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २२ सोमबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २२ सोमबार o८:१६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एयरपोर्ट क्षेत्रको अव्यवस्थित पार्किङ हट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २२ सोमबार o८:१६:oo

काठमाडौं महानगरपालिका वडा नम्बर–९ स्थित एयरपोर्ट क्षेत्रमा हुँदै आएको अव्यवस्थित पार्किङ हटेको छ । यो क्षेत्रमा ट्याक्सी र मोटरसाइकलले सडक नै अस्तव्यस्त पारेको भन्दै महानगरले पार्किङ निषेध गरेको हो ।

विमानस्थलको बाहिर गेटआसपासका होटेल तथा खाजाघरले बाहिर सडक तथा खुला ठाउँमा पार्किङ गरेको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका थिए । उक्त गुनासोको सम्बोधन गर्ने त्यस क्षेत्रमा पार्किङ गरेको महानगरले जनाएको छ।

खाली ठाउँमा रूखबिरुवा रोप्ने र सडकपेटी तथा किनारलाई खुला गर्ने योजनाअनुसार अव्यवस्थित पार्किङ हटाएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार एयरपोर्ट, सिनामंगल र सञ्चारग्राम क्षेत्रमा होटेलहरूलाई आ–आफ्नै पार्किङको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

‘उपत्यकाभित्र रहेका सार्वजनिक ठाउँलाई हामीले व्यवस्थित बनाउँछौं, सडकमा अवरोध गर्ने, आफ्नो फाइदाका लागि बटुवालाई हिँड्डुल गर्न असहज बनाउने पार्किङहरू हटाएका छौँ,’ उनले भने ।