१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख ३० आइतबार १५:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुर्तीजन्य पदार्थ तस्करी गरेर ल्याउने तीनजना पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:५३:oo

भारतबाट प्रतिबन्धित सुर्तीजन्य पदार्थ भारतबाट तस्करी गरेर ल्याउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका– ५ बाट अवैध सुर्तीजन्य पदार्थ रजनीगन्धा र तुलसी तस्करी गरेर ल्याएको आरोपमा प्रहरीले तीनजनालाई  पक्राउ गरेको हो। 

शनिबार भारतीय बजार जोगबानीबाट आठ हजार ६ सय ९४ पिस रजनीगन्धा र सात हजार तीन सय ४४ पिस तुलसी विराटनगरतर्फ तस्करी गरेर ल्याउँदै गर्दा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहले विराटनगर–५ चाँदनीचोकबाट पक्राउ गरेको हो । उनीहरूले चाँदनीचाेकमा रहेको  जय गणेश जनरल स्टोरका लागि अवैध रूपमा रजनीगन्धा र तुलसी ल्याउने गरेका थिए।  
  
सुर्तीजन्य पदार्थ तस्करी आरोपमा  सुनसरी  भोक्राहा नरसिंह गाउँपालिका– ६ सुनसरीका २६ वर्षीय दीपककुमार साह, २६ वर्षीय गुरुदेव साह र विराटनगर– ५ का ४२ वर्षीय अरुण यादवलाई सामान र उनीहरूले प्रयोग गर्ने  को. १३ प ५०८५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

पक्राउ परेका सबैजनालाई अवैध रजनीगन्धा र तुलसीसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ। विराटनगर महानगरपालिकामा सुर्ती र सुर्तीजन्य पदार्थ खुला रूरुपमा बिक्री–वितरण गर्न प्रतिबन्ध छ। 

 

ad
ad