१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २० शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २० शनिबार १४:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवा भन्छन्– पार्टीलाई ठूलो बनाएँ, अब सभापति बन्दिनँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २० शनिबार १४:३७:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। शनिबार कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै देउवाले अब युवा पुस्ताकै पालो भएको प्रस्ट पारे। ‘गाली गरेर कहाँ पार्टी बन्छ। लडाइँ गर्ने हो? अप्ठ्यारोमा गयो भने के गर्ने? अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ। अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन,’ उनले भने।

पार्टीलाई बलियो बनाउने गरी काम गर्न कसैलाई नरोकेको बताउँदै देउवाले कांग्रेसलाई अहिले आफूले देशको ठूलो पार्टी बनाएको दाबी गरे। ‘सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो भएको छ। अब यसलाई अघि बढाउनुछ। अझ बलियो बनाउनुछ,’ उनले भने, ‘गाली गरेर केही हुनेवाला छैन। काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस्।’