मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १९ शुक्रबार १७:१४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय रग्बी सेभेन्स शनिबारबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १९ शुक्रबार १७:१४:००

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको सम्पूर्ण तयारी  पूरा भएको छ।

राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरेर शनिबार र आइतबार हुने दुईदिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल रग्बी संघले जनाएको छ। प्रतियोगिता भक्तपुरस्थित मध्यपुर युथ क्लबको खेलमैदानमा हुनेछ।

प्रतियोगितामा सात महिला र सात पुरुष गरी १४ टिमले सहभागिता जनाउनेछन्। कोसी, मधेस, बागमती, लुम्बिनी र कर्णाली गरी पाँच प्रदेश तथा विभागीय टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब सहभागी हुनेछन्। तर, पुरुषमा लुम्बिनी र महिलामा पुलिस क्लब सहभागी हुने छैनन्।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताबाट नेपाल रग्बी संघले कतारमा सञ्चालन हुन गइरहेको एसिया रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एसियन गेम्स–२०२२ का  लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनोट गर्नेछ।