१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १९ शुक्रबार
  • Friday, 09 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १९ शुक्रबार १६:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तराईमा लु चल्न थाल्यो, आगामी पाँच दिनसम्म तापक्रम उच्च रहने आकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १९ शुक्रबार १६:५९:oo

तराईमा लु (तातो) हावा चल्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकतम र न्यूनतम  तापक्रम औसतभन्दा बढी हुँदा मध्य र पूर्वी तराईमा विषम खालको र पश्चिम तराईमा हल्का लु चलिरहेको छ।

महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै काठमाडौं उपत्यकासहित अधिकांश भूभागमा पछिल्लो पाँच दिनदेखि अधिकतम र न्यूनतम तापक्रम वृद्धि भइरहेको जनाएको छ। ‘काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र तराई भूभागमा, मुख्यतयाः मध्यतराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ,’ महाशाखाले भनेको छ।

महाशाखाका अनुसार आगामी  पाँच दिनसम्म तातो हावा चल्न सक्ने सम्भावना छ। पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी र स्थानीय वायु रहे पनि सक्रिय हुन सकेको छैन, जसकारण वर्षा नहुँदा गर्मी बढेको हो। प्रि–मनसुनको अवधि समाप्त हुने र मनसुन प्रवेश गर्ने समय नजिकिदै जाँदा वर्षा हुन नसकेको हो।

कसरी जोगिने लुबाट ?
तातो हावा अर्थात् लुबाट हुने सम्भावित असरहरू भनेको थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता आदि हुन्।

लुबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पटकपटक पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह–सुझाव लिनसमेत महाशाखाले अनुरोध गरेको छ।