१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १९ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १९ शुक्रबार १६:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीलाई अझै प्रभावकारी बनाउन गम्भीर आत्मसमीक्षा गर्ने वेला आयो : उपप्रधानमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १९ शुक्रबार १६:३५:oo

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन गम्भीर रूपमा आत्मसमीक्षा गर्ने वेला आएको टिप्पणी गरेका छन्।

शुक्रबार इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन्। ‘प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीर रूपमा आत्मसमीक्षा गर्नैपर्ने वेला आएको छ,’ श्रेष्ठले  भने, ‘देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेछ। जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो। नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिनेछ।’

प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले जेठ २ गते सगरमाथाको आरोहण गरेका थिए। इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसर पारेर नेपालीले सगरमाथाको सफल आरोहण गरेका हुन्। प्रहरीलाई आजको स्थितिमा ल्याउन भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले पूर्वप्रहरी नेतृत्वलाई पनि धन्यवाद दिए।

‘ठगी तथा संगठित अपराधमा नेपाल प्रहरीले गरेको कामबाट आमजनता खुसी छन्। कसैको दबाबमा नपरी कुनै निर्दोष नफसोस् र कुनै दोषी नउम्कियोस्। यसरी कार्यसम्पादन गरे मात्रै प्रहरीको सफलता देखिन्छ,’ श्रेष्ठले भने, ‘जनताको जिउधनको सुरक्षा, सामाजिक न्यायसहित समृद्धिको गुणात्मक फड्को नै हाम्रो अहिलेको प्राथमिक कार्यभार हो।’

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको भन्दै उनले राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन आफू नहिच्किचाउने बताए।