मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नवीन अर्याल काठमाडौं
२०८० जेठ १९ शुक्रबार ०६:०४:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोभिडअघिकै अवस्थामा भित्रिए पर्यटक, पाँच महिनामा ४,०४,२३१ आए 

Read Time : < 1 मिनेट
नवीन अर्याल, काठमाडौं
२०८० जेठ १९ शुक्रबार ०६:०४:००

नेपालमा विदेशी पर्यटक आगमन कोभिड महामारीअघिकै अवस्थामा फर्किएको छ । सन् २०२३ को सुरुका पाँच महिनामा चार लाख चार हजार २३१ पर्यटक नेपाल भित्रिएका हुन् ।

पाँचौँ महिना मेमा विभिन्न देशबाट ७७ हजार सात सय तीन पर्यटक भ्रमणका लागि आए । यो संख्या कोभिडअघि मे २०१९ को तुलनामा ९९.२० प्रतिशत हो । सोही वर्ष ७८ हजार ३२९ पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । 

कोभिडका कारण मे २०२० मा भने ३१ जना मात्रै पर्यटक नेपाल भ्रमणमा आएका थिए । यस्तै, मे २०२१ मा १५ सय ३१ र मे २०२२ मा ५३ हजार ६०८ पर्यटक नेपाल आएका थिए ।

चालू वर्षको मेअघिका चार महिनाको पर्यटन बोर्डको तथ्यांकले पनि क्रमशः पर्यटक आगमन लयमा फर्किँदै गएको देखाउँछ । जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चर सय २३ र अप्रिलमा ९८ हजार सात सय ७३ पर्यटक भित्रिएका थिए ।