मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाका लागि काठमाडौंबाट ल्याइएको १०८ किलो विशिष्ट प्रकारको रूद्राक्ष ।
पर्शुराम काफ्ले नयाँदिल्ली
२०८० जेठ १८ बिहीबार २२:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड भोलि महाकालेश्वर मन्दिर जाँदै, १०८ किलो रुद्राक्षले पूजा गर्ने

Read Time : < 1 मिनेट
पर्शुराम काफ्ले, नयाँदिल्ली
२०८० जेठ १८ बिहीबार २२:०३:००

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (शुक्रबार) उज्जैन जाँदै छन् । 

प्रधानमन्त्री प्रचण्ड भोलि बिहान ११ बजे उज्जैनस्थित महाकालेश्वर मन्दिर पुग्ने जानकारी दिइएको छ । 
प्रधानमन्त्रीले १२ ज्योतिर्लिंगमध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्नेछन् । 

काठमाडौंबाट ल्याइएको १०८ किलो विशिष्ट प्रकारको रुद्राक्षले महाकालेश्वर महादेशको पूजाअर्चना गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ । 

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ ।

यसक्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारी मात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मध्य प्रदेशस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।