Skip This
प्रचण्ड र मोदीद्वारा बथनाहा-विराटनगर कार्गो रेल उद्घाटन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १८ बिहीबार
  • Friday, 26 July, 2024
पर्शुराम काफ्ले नयाँदिल्ली
२o८o जेठ १८ बिहीबार १३:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड र मोदीद्वारा बथनाहा-विराटनगर कार्गो रेल उद्घाटन 

Read Time : < 1 मिनेट
पर्शुराम काफ्ले, नयाँदिल्ली
नयाँ पत्रिका
२o८o जेठ १८ बिहीबार १३:१६:oo

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सम्पन्न भएको छ। 

नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि दुई प्रधानमन्त्रीले  नौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास, नेपालगन्ज–रूपैडिया इन्टिग्रेटेड चेकपोस्ट तथा बथनाहा-विराटनगर कार्गो रेलको उद्घाटन गरेका छन्। 

साथै उनीहरूले अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनको समेत शिलान्यास गरेका छन्। 

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्तापछि द्विपक्षीय वार्ता भएकाे छ। अहिले संयुक्त पत्रकार सम्मेलनलाई दुवै प्रधानमन्त्रीले सम्बोधन गरिरहेका छन्। 

आज बिहान प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए।  

चारदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्डसँग बुधबार साँझ मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले भेट गरेका थिए।