
प्रमुख प्रतिपक्षी दल एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघले संघीय राजधानी काठमाडौंको नयाँबानेश्वरमा राँकेजुलुस प्रदर्शन गरेको छ।
नागरिकता प्रमाणीकरण गरी राष्ट्रघात गरिएको, भारतको संसदमा राखिएको नयाँ नक्सामा लुम्बिनी कपिलवस्तुलाई समेत राखिएको भन्दै विरोधमा युवा संघले प्रदर्शन गरेको हो।
संघका कार्यकर्ताले हातहातमा राँको लिएर प्रदर्शन गरेपछि केहीबेर नयाँबानेश्वर क्षेत्रको यातायात केहीबेर प्रभावित भएको थियो।
प्रहरीले प्रदर्शनकारीबाट खोसेर राँको निभाएको थियो।