१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १७ बुधबार ०९:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १७ बुधबार ०९:५८:००

टीकापुर प्रकरणमा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएकोविरुद्धमा परेको रिटको आज सुनुवाइ हुँदै छ । 

सर्वोच्च अदालतले उनको आममाफीविरुद्धमा परेको रिटको सुनुवाइ गर्न लागेको हो । शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदनको सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकेको हो । 

शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् । हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो । 

तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।