१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालमा छुट्टै बैंकिङ अंग्रेजी कोर्सको आवश्यकताबारे बहस, वोस्टन युनिभर्सिटीसँग सहकार्यको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:२o:oo

इन्स्टिच्युट अफ एड्भान्स कम्युनिकेसन, एजुकेसन एन्ड रिसर्च (आइएसिइआर)ले बैंकिङ विषयको पढाइमा विशेष अंग्रेजी पाठ्यक्रमको आवश्यकताबारे बहस थालेको छ।

आइएसआरले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘इन्डस्ट्री–एकेडेमीक डाइलग सिरिज’ आयोजना गरी सरोकारवालाहरूसँग अन्तर्क्रिया गरेको हो। कार्यक्रममा बैंकिङ विषयको अध्यापनमा बोलीचाली, लेखन सीप, अन्तर्राष्ट्रिय सम्बन्धलगायतलाई समेटेर पाठ्यक्रम तयाार गर्ने विषयमा छलफल भएको थियो।

कार्यक्रममा अमेरिकास्थित वोस्टन युनिभर्सिटीकी प्रोफेसर मेरी व्याटन फेल्डले बैंकिङ क्षेत्रमा अंग्रेजी विषयको महत्वबारे प्रस्तुति दिएकी थिइन्। उनले समाज र संस्कृतिलाई बुझेर स्थानीयस्तरमा बैंकिङ सेवा विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा भाषाको महत्व रहने बताइन्। ‘भाषा व्याकरण र शव्दभण्डार मात्र होइन। भाषा सँगसँगै समाज र संस्कृति जोडिएर आउँछ। अन्तर्राष्ट्रिय सम्पर्क माध्यमको रूपमा रहेको अंग्रेजीको छुट्टै पाठ्यक्रमले समयानुकूल सक्षम जनशक्ति उत्पादनमा टेवा दिन्छ,’ उनको भनाइ थियो।

कार्यक्रममा प्राध्यापकहरू डा. शीतलग्रिन दाहालले बैंकिङ कारोबार र भाषाको महत्व, उज्जवल प्रसाईंले बैंकिङ प्रणाली तथा समाज र लीलाराज बिमलीले बैंकरलाई सञ्चारको सीपको आवश्यकताबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा आइएसआरका प्रमुख कृष्णप्रसाद निरौला, एडिबी नेपालका प्रतिनिधि देवेन्द्र पोखरेललगायतको सहभागिता रहेको थियो।

कार्यक्रम संयोजन प्राध्यापक ताराप्रसाद अधिकारीले गरेका थिए। अधिकारीका अनुसार पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसिइआरले बोस्टन युनिभर्सिटीसँगको सहकार्यका पाठ्यक्रम तयार गर्ने विषयमा छलफल गरिरहेको छ। बैंकिङ विषयको अंग्रेजी विषयको विशिष्ठ पाठ्यक्रम तयार गर्ने प्रयास पहिलो भएकोे आइएसिइआरको दाबी छ।

ad
ad