१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
समाचार डिजिटल संस्करण

नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनील पौडेललाई नौ वर्ष कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १८:२३:oo

नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका सुनील पौडेललाई नौ वर्ष कैद हुने भएको छ। विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलको सजाय मंगलबार निर्धारण भएको हो।

विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई सजाय तोकेको हो। उनीविरुद्ध निर्धारण भएको बिगोबराबर २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ।

पौडेलसहित नौजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएकोमा आठजनाले सफाइ पाएका थिए। 

ad
ad