१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार १८:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कीर्तिपुरलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाइने, चार थप रंगशाला बनाउने सरकारको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १८:५o:oo

सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदानका रूपमा विकास गर्ने भएको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको लागि पेस गरेको बजेटमा यस्तो उल्लेख छ। 

पछिल्लो समय क्रिकेट क्षेत्रमा ठूल्ठूला उपलब्धि हासिल भए पनि अन्तर्राष्ट्रियस्तरको खेलमैदान नभएकोमा सरकारको आलोचना हुँदै आएको छ। 

त्यसलाई सम्बोधन गर्दै सरकारले त्रिवि खेलमैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने तथा थप चारवटा क्रिकेट खेलमैदान निर्माण गर्ने बजेटमा समेटेको छ। 

सरकारले विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीमा फाप्ला क्रिकेट रंगशाला र काठमाडौंमा सूवर्णशम्शेर क्रिकेट रंगशाला निर्माण गरिने जनाएको छ।

सरकारले काठमाडौंको मूलपानीस्थित रंगशालाको बाँकी निर्माण कार्य सम्पन्न गर्न पनि बजेट विनियोजन गरेको छ।