मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
गणेश लम्साल विराटनगर
२०८० जेठ १५ सोमबार १३:२३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पत्रकारहरूको दौडमा प्रेस सेन्टरका हरि अधिकारी प्रथम

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०८० जेठ १५ सोमबार १३:२३:००

प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकारहरूको दौडमा प्रेस सेन्टरमा आबद्ध पत्रकार हरि अधिकारी प्रथम भएका छन्।

३२औँ स्थापना दिवसको सन्दर्भमा प्रेस युनियन मोरङले सोमबार बिहान विराटनगरमा आयोजना गरेको ‘स्वास्थ्यका लागि पत्रकाहरूको खुला दौड’ प्रतियोगितामा अधिकारी प्रथम भएका हुन्। प्रतियोगितामा प्रेस सेन्टरकै नवराज कट्टेल दोस्रो, देवा तामाङ तेस्रो र पवन साह चौथो भए।

विजयी पत्रकारलाई विराटनगर महानगरका प्रमुख नागेश कोइराला र कोसी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले प्रमणपत्र र नगद प्रदान गरे। दौडमा प्रथम हुने पत्रकार अधिकारीले नगद सात हजार, दोस्रो हुने कट्टेलले चार हजार पाँच सय, तेस्राे हुने तामाङले तीन हजार पाँच सय र चौथो हुने साहले तीन हजार नगद प्राप्त गरे।

विराटनगरको जनआन्दोलन चोकदेखि बरगाछी चोकसम्म आयोजना गरिएको दौडमा २० पत्रकार सहभागी थिए।