मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०८० जेठ १५ सोमबार ०६:०४:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०८० जेठ १५ सोमबार ०६:०४:००

महात्मा गान्धी हरेक छाकको भोजनसँगै महको पनि नियमपूर्वक सेवन गर्ने गर्थे । एकपटक उनी लन्डन यात्रामा गएका थिए । उनका साथमा मीरा बाई पनि गएकी थिइन् । तर, संयोगवश मीराले लन्डन यात्राका क्रममा गान्धीले सेवन गर्ने महको सिसी साथमा लान भुलिन् । 

गान्धीले भोजनसँगै जहिल्यै मह सेवन गर्ने भएकाले मीराले उतै अर्को सिसी मह खरिद गरिन् । जब गान्धी साँझको भोजन गर्न बसे, तब उनले महको नयाँ सिसी देखे । नयाँ सिसी देख्नासाथ झनक्क रिसाउँदै उनले मीरालाई भने– तिमीले महको यो नयाँ सिसी किन मगायौ ? 

गान्धीको रिस देखेर मीरा डराइन् । डराइडराई उनले सानो स्वरमा भनिन्– बापु, मैले भारतबाट महको सिसी ल्याउन भुसुक्कै बिर्सेंछु । त्यसैले हजुरको भोजनका लागि नयाँ सिसी मगाएकी हुँ । गान्धीले भने– तिमीले महको सिसी ल्याउन भुल्यौ त के भयो ? के एक दिन भोजनसँग मह सेवन नगर्दैमा म मर्थें कि के हो ? तिमीलाई त राम्रै थाहा हुनुपर्ने हो कि हामी जनताको पैसाबाट जीवन निर्वाह गर्छौँ । र, जनताको एकएक पैसा बहुमूल्य हुन्छ । जनताको त्यस्तो बहुमूल्य पैसा कहिल्यै फजुल खर्च गर्नुहुँदैन ।