आवश्यक सामान : मैदा एक केजी, चिनी ५० ग्राम, इस्ट २० ग्राम, नुन १० ग्राम, ब्रेड इम्प्रुभर १० ग्राम, बटर १०० ग्राम, अन्डा तीनवटा, पानी ६ सय मिलि लिटर, ओभन ।
पकाउने विधि : एउटा सफा भाँडामा मैदा, चिनी, इस्ट, बटर, नुन, अन्डा र ब्रेड इम्प्रुभर मिक्स गर्नुस् । यसमा पानी हालेर राम्रोसँग नरम हुने गरी १० मिनेटसम्म मुछ्नुस् । त्यसलाई सानो–सानो रोल बनाउनुस् ।
त्यसपछि डोभ बनाएर फुलाउनुस् । र, १८० डिग्रीमा ओभनमा १० मिनेटसम्म पकाउनुस् । आधा घन्टा चिसो बनाउने र पाकिसकेपछि यसलाई सानो बर्गरजस्तो बनाएर खान पनि मिल्छ । कोदो, फापरको पिठोबाट पनि ब्रेड बनाउन सकिन्छ ।