१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १३ शनिबार २२:०५:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १३ शनिबार २२:०५:००

मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन् । 

गोदावरीस्थित सनराइज सम्मेलन हलमा आज आयोजित ग्रान्ड फिनालेमा आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को ताज पहिरिएकी हुन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज पहिराइन् । 

समारोहमा १२ सहविधाका विजेतासमेत घोषणा गरियो । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डिएचआईको सहविधासमेत जितिन् । 

मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्विन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डिएचआई श्रीच्छा प्रधान, वुमन थि द विंग्स उन्नति गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्युटी विथ द पर्पस आयुष्मा बराल घोषित भए ।