Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १८ बिहीबार
  • Thursday, 05 October, 2023
२०८० जेठ १३ शनिबार १४:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फुङलिङमा आगलागीबाट एक घर जल्यो, लाखौँको क्षति

Read Time : < 1 मिनेट
२०८० जेठ १३ शनिबार १४:३७:००

ताप्लेजुङको फुङलिङ नगरपालिका– ८ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। शनिबार बिहान भएको आगलागीमा ८ नं वडाका पूर्वअध्यक्ष पदमसुन्दर पालुङ्वाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी सूचना अधिकारी एवं प्रहरी निरीक्षक कुशराम कार्कीले आगलागीबाट घरमा रहेको सबै माल सामान जलेर नष्ट भएको बताए। आगलागीबाट करिब ४० लाख रुपैयाँबराबरको क्षति भएको बताइए पनि वास्तविक तथ्यांक भने आउन बाँकी रहेको छ।

के कारणले आगलागी भयो भन्ने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरी सूचना अधिकारी कार्कीले जानकारी दिए।