मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १२ शुक्रबार
  • Thursday, 27 August, 2026
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १२ शुक्रबार १७:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेको अवरोधपछि स्थगित संसद् बैठक पुनः ६ बजेलाई सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १२ शुक्रबार १७:o७:oo

प्रतिनिधिसभाको बैठक आज बेलुकी ६ बजेका लागि निर्धारण भएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै बेलुकी ६ बजेका लागि बैठक तय भएको जनाएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको बैठकको समय ३ बजेका लागि ताेकिएकाे थियो। तर, सहमति नहुँदा बैठककाे समय पुनः ६ बजेलाई तय भएको हो।

बुधबारको संसद् बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुन भनेर पित्तलको जलहरी राखिएको बताएपछि एमालेले आज संसद् अवरोध गरेको हो। एमाले सांसदले दाहालको उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गर्दै नाराबाजी गरेका थिए।

आज जेठ ५ मा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका सवालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने र आजै पारित गर्ने कार्यसूची तय भएको थियो।