१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ११ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ११ बिहीबार १२:१८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

शुक्रबारदेखि कौसीमा ‘त्रयम्’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ११ बिहीबार १२:१८:oo

दिलीप रानाभाटको लेखन तथा निर्देशनमा नाटक ‘त्रयम्’ १२ जेठदेखि कौसी थिएटरमा मञ्चन हुने भएको छ।

तीन नारी पात्रको वरिपरि घुम्ने नाटकमा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले मुख्य भूमिका निर्वाह गरेका छन्। निर्देशक रानाभाटले एक वर्षअघि कलेज पढाउने सिलसिलामा नाटक तयार गरेको बताएका छन्।

 ‘एक वर्षअघि थिएटर पढाउँदा यो नाटकलाई थोरै विकास पनि गरेको थिएँ। तर,  दर्शकसम्म पुगेको थिएन,’ उनी भन्छन्, ‘मेरो नजिकका धेरै महिलाले भोगेका विषय हुन्। कतिले मलाई सुनाएका छन्। कतिले नभनी पनि मैले बुझेको छु। यो नाटकले तपाईंहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ।’

मञ्चमा श्रवण रानामगर र नाथन रायन भण्डारीले साथ दिनेछन्। थिएटर भिलेजले निर्माण गरेको नाटक जेठ २८ गतेसम्म चल्नेछ। थिएटर भिलेजले हालसालै ‘पल्पसा क्याफे’ र ‘दी कन्फेसन’जस्ता नाटक निर्माण गरेको थियो।