१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ११ बिहीबार ०७:४८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टेस्ट राष्ट्रसँग अभ्यास खेलका लागि क्यानले लेख्यो आइसिसीलाई पत्र

एकदिवसीय विश्वकप ग्लोबल छनोटअघि नेपालले टेस्ट मान्यताप्राप्तसँग अभ्यास खेल खेल्न पाउनुपर्ने भनी क्यानले आइसिसीसँग आग्रह गरेको छ आइसिसीले सहभागी टोलीलाई दुई–दुई अभ्यास खेल तालिका बनाउँदा नेपालबाहेक एसोसिएट टोलीले मात्र टेस्ट राष्ट्रविरुद्ध अभ्यास खेलको अव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ११ बिहीबार ०७:४८:००

नेपाल क्रिकेट संघ (क्यान)ले विश्व क्रिकेटकै सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)लाई एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेपाललाई असमान व्यवहार गरेको भनी पत्र लेखेको छ । अर्को महिना जिम्बावेमा एकदिवसीय विश्वकप छनोट खेल हुनेछ । आइसिसीले विश्वकप छनोट खेल र अभ्यास खेलको तालिका मंगलबार सार्वजनिक गरेको थियो । 

नेपालको अभ्यास खेलमा एसोसिएट राष्ट्रसँगको खेल तालिका परेको छ । नेपालबाहेक अन्य एसोसिएट राष्ट्रले टेस्ट मान्यताप्राप्त टोलीविरुद्ध अभ्यास खेलको मौका पाएका छन् । यस प्रतियोगितामा चार टेस्ट राष्ट्र तथा ६ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । आइसिसीले सहभागी सबै टोलीलाई प्रतियोगितापूर्व दुई–दुई अभ्यास खेल खेल्ने तालिका सार्वजनिक गरेको छ । जसमा समूह ‘ए’का टोलीले समूह ‘बी’का दुई टोलीसँग अभ्यास खेल खेल्नेछन् । 

नेपालले ग्लोबल छनोटमा सहभागी हुनुअघि ओमान र युएईसँग अभ्यास खेल खेल्नेछ । आइसिसी विश्वकप लिग–२ मा नेपालले यी दुवै टोलीसँग खेलिसक्यो । क्यानले समूह बीमा विश्वकपको पूर्वविजेता श्रीलंका वा आयरल्यान्डमध्ये एक टेस्ट मान्यताप्राप्त टोलीसँग अभ्यास खेलको माग राखेको छ । क्यानले मंगलबारै आइसिसीलाई इमेलमार्फत पत्राचार गरी समान व्यवहार गर्न जनाएको छ । 

‘हामीमाथि अन्याय भएको छ । त्यसैले हामीले अभ्यास खेलको तालिकामा पुनर्विचार गर्न आग्रह गर्दै आइसिसीलाई इमेल लेखेका छौँ,’ क्यानले जनाएको छ । अन्य एसोसिएट्सले टेस्ट राष्ट्रसँग अभ्यास खेल्दा नेपाललाई वञ्चित गरिनुले असमान व्यवहार भएको क्यानको भनाइ छ ।