१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १० बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १० बुधबार १४:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अख्तियारमा दर्ता भएका भ्रष्टाचारका सबै फाइल खाेल्न माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १० बुधबार १४:o७:oo

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिनको माग गरेका छन्।

सांसदहरूले सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रविधिको उच्च प्रयोग, नागरिकता विधेयक प्रमाणीकरण, जातीय विभेदकाे अन्त्यलगायतका विषय उठान गरेका हुन्।

सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै व्यक्तिमाथि छानबिन हुनुपर्ने माग गरे। सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी दायराभित्र ल्याइनुपर्ने बताए। 

सांसद सुमना श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संकल्प प्रस्ताव दर्ता गराए पनि संसद् सचिवालयले त्यसलाई अघि बढाउन ढिलाइ गरेको बताइन्। सांसद ज्ञानबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका भ्रष्टाचारका सबै फाइल अघि बढ्नुपर्ने बताए।  

कानुन सबैका लागि समान हुनुपर्ने धारणा राख्दै उनले अख्तियारमा रहेका भ्रष्टाचारका फाइल नखोलिए सडक र सदन दुवैतर्फ संघर्ष थालिने चेतावनी दिए।