१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १० बुधबार ११:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति बनाउन रास्वपाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १० बुधबार ११:५४:००

राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ ।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेका हुन् ।

उनले अहिले भइरहेको छानबिनले जनताले चाहेजस्तो नतिजा दिन नसक्ने भन्दै छानबिनका लागि संसद्ले विशेष समिति बनाउनुपर्ने बताए । उनले यस प्रकरणमा नाम आएकाहरू सबैसँग सोधपुछ नभएको भन्दै आपत्ति जनाए । उनले नाम मुछिएकाहरू सबैसँग बयान लिन पनि माग गरे । 

उनले प्रकरणमा नाम मुछिएकाहरूलाई छानबिन गर्न सरकारले खुट्टा कमाएको भन्दै खुट्टा नकमाउन आग्रह गरे ।