मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ ९ मंगलबार
  • Friday, 14 August, 2026
२o८o जेठ ९ मंगलबार १६:११:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्तर्राष्ट्रिय बुद्धिचालमा भारतीय खेलाडीको वर्चस्व, प्रतियाेगिताकाे उपाधि महिन्द्रकारलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ९ मंगलबार १६:११:oo

५ जेठदेखि दोलखा सदरमुकाम चरिकोटमा आयोजित अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडी इन्द्रजित महिन्द्रकारले हात पारेका छन्। प्रतियोगितामा महिन्द्रकारले ८.५ अंक प्राप्त गरी उपाधि हात पारेका हुन्। उनले उपाधिसँगै नगद रु. एक लाख, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिताको दोस्रो र तेस्रो स्थान पनि भारतीय खेलाडीहरूले नै हात पारेका छन्। दोस्रो र तेस्रो स्थानमा क्रमशः वेदान्त नगरकाट्य र मोहितकुमार सोनी रहेका छन्। उनीहरूलाई क्रमशः ६० हजार र ४० हजार नगसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

दोलखा चेस होमले आयोजना गरेको प्रतियोगितामा १२ वर्षमुनिको छुट्टै प्रतिस्पर्धीमा पनि भारतकै ६ वर्षीया बालिका अनुपरिया यादवले बाजी मारेकी छिन्। विजयी प्रतियोगीहरूलाई कांग्रेस नेता एवं पूर्वमन्त्री शंकर भण्डारीले पुरस्कार वितरण गरे।

प्रतियोगितामा  पाँच देशका एक सय ५६ खेलाडी सहभागी थिए।